भूगोल, वातावरण र जनसंख्या
१.१ विश्वको भूगोल
(महादेश, महासागर, अक्षांश, देशान्तर, पर्वतश्रृंखला, नदी र ताल सम्बन्धी जानकारी)
- भूगोलका पिता भनी कसलाई चिनिन्छ ? इरेटस्थनिज (Eratosthenes)
- भूगोल (Geography) शब्द ग्रिक भाषाको कुन शब्दबाट लिइएको हो ? Geografein
- पृथ्वीको बाह्य सतह—जङ्गल, नदी, पहाड आदि प्राकृतिक विभाग; देश, नगर, गाउँ आदि राजनीतिक विभाग; उष्ण कटिबन्ध, शीत कटिबन्ध आदि वातावरणिक विभाग र उद्योग, व्यापार तथा यातायात सबैको वर्णन वा विचार गर्ने शास्त्र नै भूगोल हो।
- “भूगोल त्यो विषय हो जसले पृथ्वीको सतहको वर्णन धरातलीय स्वरूप, हावापानी, वनस्पति, माटो, उत्पादन, जनता र तिनीहरूको वितरणको आधारमा गर्दछ” भन्ने परिभाषा कसको हो ? भूगोल शब्दकोश
- Man and Earth are the two most dynamic elements of geography भन्ने विद्वान को हुन् ? Miss Semple
- भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? दुई (भौतिक भूगोल र मानव भूगोल)
- भौतिक भूगोल अन्तर्गत के-कस्ता विषयवस्तु पर्छन् ? सौर्यमण्डलको उत्पत्ति, सूर्य, नक्षत्र, पृथ्वी, चन्द्रमाबीचको अन्तरसम्बन्ध, चट्टानको संरचना, वायुमण्डल, हावापानी, वन, माटो, पानी, जीवजन्तु
- मानव भूगोल अन्तर्गत के-कस्ता विषयवस्तुहरू पर्छन् ? मानव र यसको वातावरणसँगको सम्बन्धसँग सम्बन्धित विषय
- वर्तमान मानव भूगोलका जनक कसलाई मानिन्छ ? जर्मनीका विद्वान Friedrich Ratzel
- मानव भूगोलको विकास कहिले भएको हो ? १९ औं शताब्दीमा
- प्रारम्भमा भूगोल (Geography) को अध्ययन क्षेत्र कहाँ सीमित थियो ? पृथ्वी तथा त्यसका निवासीहरूको वर्णन
- Cartography भन्नाले केलाई बुझाउँछ ? मानचित्र विद्या (The art of map)
महादेश
- पृथ्वीमा भएका ठूला ठूला भूक्षेत्र एवं जलमण्डलबाट बाहिरको जमिनले ओगटेको क्षेत्रलाई के भनिन्छ ? महादेश
- पृथ्वीको सम्पूर्ण स्थलीय भागलाई कति महादेशमा विभाजन गरिएको छ ? ७
- पृथ्वीको कति प्रतिशत भाग जमिनले ढाकेको छ ? २९.२२ प्रतिशत (करिब १४ करोड ९२ लाख वर्ग कि.मि.)
- पृथ्वीका सात महादेशहरू कुनकुन हुन् ? एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अस्ट्रेलिया
पृथ्वीमा रहेका महादेशहरू
| नाम |
क्षेत्रफल (व.कि.मि.) |
अवस्थिति |
विशेषता |
| १. एसिया (Asia) |
४,३९,९९,००० |
१०° दक्षिणदेखि ७८° उत्तरी अक्षांश र २५° पूर्वदेखि १७०° पूर्वी देशान्तरबीच |
सबभन्दा ठूलो महादेश, विषमताको महादेश |
| २. अफ्रिका (Africa) |
२,९७,५५,००० |
३७° उत्तरदेखि ३५° दक्षिण अक्षांश र २०° पश्चिमदेखि ५०° पूर्वी देशान्तरसम्म |
कालो/अँध्यारो महादेश |
| ३. उत्तर अमेरिका (North America) |
२,४३,२०,००० |
१०° उत्तरदेखि ८०° उत्तरी अक्षांश र २०° पश्चिम देशान्तरदेखि १६०° पश्चिम देशान्तरसम्म |
नयाँ संसार (New World) |
| ४. दक्षिण अमेरिका (South America) |
१,७७,९८,५०० |
१२° उत्तरी अक्षांशदेखि ५६° दक्षिणी अक्षांश र ३५° पश्चिमदेखि ८०° पश्चिम देशान्तरसम्म |
विश्वको चौथो ठूलो महादेश |
| ५. अन्टार्कटिका (Antarctica) |
१,३०,००,००० |
६६°३०' दक्षिण अक्षांशदेखि ९०° दक्षिणी अक्षांश र ११४° पूर्वी देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म |
मानव बसोबास नभएको एक मात्र महादेश |
| ६. युरोप (Europe) |
१,०४,९८,००० |
३६° उत्तरी अक्षांशदेखि ७१° उत्तरी अक्षांश र २०° पश्चिम देशान्तरदेखि ६५° पूर्वी देशान्तरसम्म |
प्रायद्वीपहरूको पनि प्रायद्वीप |
| ७. अस्ट्रेलिया (Australia) |
७६,८६,३०० |
१०° दक्षिण अक्षांशदेखि ४०° दक्षिण अक्षांश र ११४° पूर्वी देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म |
एउटा महादेश एउटा देश सबभन्दा सानो महादेश |
एसिया (Asia)
- क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? एसिया
- एसियाको क्षेत्रफल कति रहेको छ ? ४,३९,९९,००० वर्ग कि.मि.
- एसिया महादेश कति अक्षांशबीच रहेको छ ? १०° दक्षिण अक्षांशदेखि ७८° उत्तरी अक्षांशबीच
- एसिया महादेश कति देशान्तरबीच रहेको छ ? २५° पूर्वी देशान्तरदेखि १७०° पश्चिमी देशान्तरबीच
- एसिया महादेशको उत्तर-दक्षिण चौडाइ करिब कति छ ? ८६०० किलोमिटर
- एसिया महादेशको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु महासागर पर्छ भने दक्षिणमा के पर्छ ? हिन्द महासागर
- एसिया र उत्तर अमेरिकालाई छुट्याउने जलसंयोजक बेरिङ हो।
- एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ ? २९.९२ प्रतिशत
- एसिया महादेशमा विश्वको कति प्रतिशत जनसंख्या रहेको छ ? करिब ५९ प्रतिशत
- युरोप र एसियामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? स्टेप्स (Steppe)
- विश्वमा सबभन्दा बढी जाडो हुने ठाउँ कुन हो ? भेर्खोयान्स्क, रुस (-७१° सेल्सियस)
- विश्वको सबभन्दा गहिरो ताल कुन हो ? बैकाल ताल
- एसिया र युरोप दुवैमा फैलिएको देश रुस र टर्की हुन्।
- एसिया र युरोपलाई युराल र ककेसस पर्वत ले जोडेको छ।
- विश्वको सबभन्दा अग्लो र फराकिलो पठार कुन हो ? तिब्बतको पामिर पठार
- पामिर पठार कति उचाइमा अवस्थित छ ? लगभग ५००० मिटर
- पामिर पठारलाई अर्को कुन नामले चिनिन्छ ? संसारको छानो (Roof of the World)
- विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? म्याग्दी जिल्लाको दाना भने ठाउँमा कालीगण्डकी नदीले बनाएको गल्छी
- विश्वको सबभन्दा होचो उपत्यका कुन हो ? अरुण उपत्यका (नेपाल)
- विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ? चीन
- विश्वको दोस्रो बढी जनसंख्या भएको देश कुन हो ? भारत
- एसियामा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ? भारत (८५ सभन्दा बढी)
- भाषाको चिडियाखाना भनी कुन देशलाई चिनिन्छ ? भारत
- विश्वको सबैभन्दा होचो भाग कुन हो ? मृतसागर (इजरायल)
- विश्वमा सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ? चेरापुञ्जी (भारत)
- एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? लालसागर
- एसिया महादेश र उत्तर अमेरिका महादेशको बीचमा कुन सागर रहेको छ ? बेरिङ सागर
- एसियाको सबैभन्दा लामो हिमनदी कुन हो ? सियाचेन (Siachen)
- एसिया महादेशको सबैभन्दा लामो नदी कुन हो ? याङ्जे नदी (चीन)
- विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? क्यास्पियन ताल
- क्यास्पियन ताल कहाँ पर्छ ? इरान र रुसको बीचमा
- एसिया महादेशमा पर्ने प्रमुख नदीहरू कुनकुन हुन् ? याङ्जे, गंगा, ह्वाङ-हो, मेकङ, अमुर आदि
- एसिया महादेशको सबैभन्दा ठूलो देश कुन हो ? चीन
- कुन देशलाई हिन्द महासागरको मोती भनिन्छ ? श्रीलंका
- बिपिनलाई पहिले के नामले चिनिन्थ्यो ? चम्पा
- विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ। यसको उचाइ कति छ ? ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट)
- कुन महादेशलाई Home of man भनी चिनिन्छ ? एसिया
- ‘विषमताको महादेश’ का उपनामले चिनिने महादेश कुन हो ? एसिया
अफ्रिका (Africa)
- क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो ? अफ्रिका
- अफ्रिका महादेशको क्षेत्रफल कति छ ? २,९७,५५,००० वर्ग कि.मि.
- अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? ३७° उत्तरी अक्षांशदेखि ३५° दक्षिणी अक्षांशसम्म
- अफ्रिका महादेश कति देशान्तरसम्म फैलिएको छ ? २०° पश्चिम देशान्तरदेखि ५०° पूर्वी देशान्तरसम्म
- अफ्रिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति रहेको छ ? ८००० किलोमिटर
- अफ्रिका महादेशको पूर्व-पश्चिम चौडाइ कति रहेको छ ? ७४४० किलोमिटर
- अफ्रिका महादेशको बारेमा जानकारी गराउने पहिलो व्यक्ति को हुन् ? डेभिड लिभिङस्टोन
- अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ? भेल्ड
- अफ्रिकाको सबैभन्दा लामो हिमनदी कुन हो ? किलिमञ्जरोको हिमनदी
- विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ? अफ्रिका (दुई हजार भन्दा बढी भाषा बोलिने)
- अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर पर्छ भने दक्षिणमा कुन महासागर पर्छ ? कुमेरु महासागर
- सबै युगको प्राचीनतम एवं नवीनतम संस्कृतिहरू पाइने एउटामात्र महादेश कुनलाई मानिन्छ ? अफ्रिका
- विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? अफ्रिकाको सहारा मरुभूमि
- अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? किलिमञ्जरो (५,८९५ मिटर)
- भौगोलिक आधारमा अफ्रिका महादेशलाई के नामले चिनिन्छ ? उच्च समस्थलीको महादेश
- अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ? अल्जेरिया (यसअघि सुडान थियो)
- अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो ? सेसेल्स
- विश्वको सबैभन्दा लामो नदी कुन हो ? नाइल, इजिप्ट
- नाइल नदीको उद्गमस्थल कहाँ हो ? भिक्टोरिया ताल
- अफ्रिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? नाइल, कङ्गो, नाइजर, जाम्बेजी आदि
- कुन महादेशलाई कालो अर्थात् अँध्यारो महादेश भनी चिनिन्छ ? अफ्रिका महादेश
- अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ? भिक्टोरिया ताल
- अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ? एटलास पर्वत
- अफ्रिका महादेशमा पाइने उष्ण सदावहार जङ्गललाई के भनिन्छ ? Rain forest
- अफ्रिका महादेशको सबभन्दा होचो भाग कुन हो ? लेक असाल (जिबुती)
- अफ्रिका महादेशका प्रमुख सहरहरू कुनकुन हुन् ? कायरो (इजिप्ट), प्रिटोरिया, केपटाउन (दक्षिण अफ्रिका), ट्रिपोली (लिबिया), कासाब्लाङ्का (मोरक्को), खार्टुम (सुडान) आदि
- विश्वको सबभन्दा ठूलो हिरा खानी कुन हो ? किम्बरखान (अफ्रिका)
- कुन महादेशलाई भूमध्यरेखाले भन्डै बीचबाट काटेको छ ? अफ्रिका महादेश
उत्तर अमेरिका (North America)
- क्षेत्रफलका हिसाबले तेस्रो ठूलो महादेश कुन हो ? उत्तर अमेरिका
- उत्तर अमेरिका महादेश कति अक्षांशबीच फैलिएको छ ? १०° उत्तरी अक्षांशदेखि ८०° उत्तरी अक्षांशसम्म
- उत्तर अमेरिका महादेश कति देशान्तरबीच अवस्थित छ ? २०° पश्चिमी देशान्तरदेखि १६०° पश्चिमी देशान्तरसम्म
- उत्तर अमेरिका महादेशको क्षेत्रफल कति छ ? २,४३,२०,००० वर्ग कि.मि.
- उत्तर अमेरिका महादेशको उत्तर-दक्षिण सरदर लम्बाइ कति रहेको छ ? ७२०० किलोमिटर
- उत्तर अमेरिका महादेशको पूर्व-पश्चिम सरदर चौडाइ कति रहेको छ ? ४५०० किलोमिटर
- उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्छ भने दक्षिण सिमानामा के रहेको छ ? पानामा नहर
- उत्तर अमेरिका महादेशलाई कसले पत्ता लगाएका हुन् ? क्रिस्टोफर कोलम्बस
- क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन् ? सन् १४९२
- ‘नयाँ संसार’ भनी चिनिने महादेश कुन हो ? उत्तर अमेरिका
- उत्तर अमेरिका महादेशको सबभन्दा ठूलो राष्ट्र कुन हो ? क्यानडा
- उत्तर अमेरिका महादेशको सबभन्दा सानो राष्ट्र कुन हो ? सेेन्ट किट्स एन्ड नेभिस
- उत्तर अमेरिका महादेशको नाम कसको नामबाट राखिएको हो ? अमेरिगो भिस्पुक्की नामक साहसी यात्री
- उत्तर अमेरिका महादेशको सबभन्दा अग्लो चुचुरो कुन हो ? मेकिन्ले (६,१९४ मिटर), अमेरिका
- उत्तर अमेरिका महादेशको सबभन्दा होचो भाग कुन हो ? क्यालिफोर्नियाको डेथ भ्याली (अमेरिका)
- विश्वको सबभन्दा ताजा पानीको ताल सुपेरियर ताल कुन महादेशमा पर्छ ? उत्तर अमेरिका
- उत्तर अमेरिका महादेशमा पर्ने अन्य प्रमुख तालहरू कुनकुन हुन् ? मिसिगन ताल, ह्युरन ताल, ईरी ताल, ओन्टेरियो ताल आदि
- विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो ? क्यानडा
- उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ? हवाई
- उत्तर अमेरिका महादेशको सबैभन्दा लामो नदी कुन हो ? मिसिसिपी-मिसौरी (६,२४० किलोमिटर)
- उत्तर अमेरिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? मिसिसिपी-मिसौरी, इल्सन, युकन, अर्कान्सास, कोलोराडो, ओहायो, कोलम्बिया आदि
- विश्वको सबैभन्दा ठूलो गुम्बज कुन हो ? प्रेरि (उत्तर अमेरिका)
- उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ? प्रेरी
- उत्तर अमेरिकाका ५ वटा तालहरू सुपेरियर, मिचिगन, ह्युरन, ईरी र ओन्टेरियोको समूहलाई के भनिन्छ ? महान ताल (Great Lakes)
- ‘पश्चिम गोलार्धको महादेश’ का नामले समेत चिनिने महादेश कुन हो ? उत्तर अमेरिका
- उत्तर अमेरिका महादेशले विश्वको भूक्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? १६.६ प्रतिशत
- उत्तर अमेरिका महादेशका प्रमुख सहरहरू कुनकुन हुन् ? न्यूयोर्क, वासिङ्टन डी.सी., सनफ्रान्सिस्को, सिकागो, मेक्सिको, मन्ट्रियल, ओटावा आदि
- विश्वको सबैभन्दा ठूलो नेसनल पार्क कुन हो ? Northeast Greenland National Park
- उत्तर अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थल कुन हो ? माउन्ट सान्ता मारिया (ग्वाटेमाला)
दक्षिण अमेरिका (South America)
- विश्वको चौथो ठूलो महादेश कुन हो ? दक्षिण अमेरिका
- दक्षिण अमेरिका महादेशको क्षेत्रफल कति छ ? १,७७,९८,५०० वर्ग कि.मि.
- दक्षिण अमेरिका महादेश कति देशान्तरसम्म फैलिएको छ ? ३५° पश्चिमी देशान्तरदेखि ८०° पश्चिमी देशान्तरसम्म
- दक्षिण अमेरिका महादेश कति अक्षांशमा फैलिएको छ ? १२° उत्तरी अक्षांशदेखि ५६° दक्षिणी अक्षांशसम्म
- दक्षिण अमेरिका महादेश उत्तर अमेरिका महादेश जस्तै उत्तरवाट दक्षिणतिर कस्तो हुँदै गएको छ ? सँगुरो
- दक्षिण अमेरिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति छ ? ७४४२ किलोमिटर
- दक्षिण अमेरिका महादेशको पूर्व-पश्चिम चौडाइ कति छ ? ५२२१ किलोमिटर
- दक्षिण अमेरिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्व र उत्तरमा आन्ध्र महासागर र आन्ध्र महासागरकै भाग क्यारेबियन सागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ ? कुमेरु महासागर
- दक्षिण अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ? पेरिटो मोरेनो
- विश्वको सबभन्दा अग्लो ‘एन्जेल’ नामक झरना कहाँ रहेको छ ? दक्षिण अमेरिकाको भेनेजुएला
- दक्षिण अमेरिका महादेशको सबैभन्दा उचाइमा रहेको ताल कुन हो ? टिटिकाका (३८१० मिटर), पेरु
- दक्षिण अमेरिका महादेशको सबैभन्दा उच्च भू-भाग कुन हो ? माउन्ट एकान्काउआ (६९६२ मिटर वा २२८४१ फिट), अर्जेन्टिना
- दक्षिण अमेरिका महादेशको सबैभन्दा होचो भू-भाग कुन हो ? पेनिन्सुला भ्याल्डेस (समुद्र सतहबाट ४० मिटर होचो)
- दक्षिण अमेरिका महादेशको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? पेम्पास
- विश्वको सबैभन्दा ठूलो नदी कुन हो ? अमेजन (दक्षिण अमेरिका)
- दक्षिण अमेरिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? अमेजन, ओरिनिको, पाना, पाराने, उरुग्वे, रियो ग्रान्डे आदि
- दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ? ब्राजिल
- दक्षिण अमेरिका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ? ट्रिनिडाड एन्ड टोबागो
- दक्षिण अमेरिका महादेशले विश्वको भू-क्षेत्रको कति प्रतिशत भाग ओगटेको छ ? ११.९ प्रतिशत (करिब १२ प्रतिशत)
- विश्वको सबैभन्दा दक्षिणमा पर्ने सहर कुन हो ? पुयु पुन्टास (चिली), दक्षिण अमेरिका
- दक्षिण अमेरिका महादेशका प्रमुख सहरहरू कुनकुन हुन् ? ब्रासिलिया, रियो डे जेनेरियो (ब्राजिल), ब्युनर्स आयर्स (अर्जेन्टिना), बोगोटा (कोलोम्बिया), लापाज (बोलिभिया)
- विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ? बोलिभियाको लापाज (दक्षिण अमेरिका)
- उत्तर अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले जोडेको छ ? पानामा नहर
- दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ? डेक नहर
- भौगोलिक आधारमा दक्षिण अमेरिकालाई कति भागमा विभाजन गर्न सकिन्छ ? ३ (एन्डिज पर्वत श्रेणी, मध्य समतल भूमि र पूर्वी उच्च भूमि)
- दक्षिण अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो ? माराकाइबो
- दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? पाटोगोनियन मरुभूमि
- दक्षिण अमेरिकाको सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? अर्जेन्टिनाको रिकायाडिया
- दक्षिण अमेरिकाको सबभन्दा ठन्डी हुने ठाउँ कुन हो ? अर्जेन्टिनाको सर्मिएन्टो
- दक्षिण अमेरिकाको सबभन्दा बढी विषम हावापानीको देश कुनलाई मानिन्छ ? अर्जेन्टिना
- दक्षिण अमेरिकाका दुई भू-परिवेष्ठित राष्ट्रहरू कुनकुन हुन् ? बोलिभिया र पाराग्वे
- जलसम्राटमा विश्वको सबैभन्दा धनी राष्ट्र कुन हो ? ब्राजिल (दक्षिण अमेरिका)
- विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ? ब्राजिल
- चराहरूको महादेश भनिने महादेश कुन हो ? दक्षिण अमेरिका
- विश्वको सबैभन्दा लामो ‘एन्डिज पर्वतमाला’ कुन महादेशमा पर्छ ? दक्षिण अमेरिका
- एन्डिज पर्वतमाला कुन देशहरूमा फैलिएको छ ? कोलम्बियादेखि चिलीसम्म
- एन्डिज पर्वत श्रेणीको वृष्टि छायाबाट सिर्जित प्रख्यात मरुभूमिलाई के नामले चिनिन्छ ? पाटोगोनिया
- एन्डिज पर्वतमाला उत्तरमा हिउँदै तीब्र भएर दक्षिणमा कहाँसम्म फैलिएको छ ? टिएरा डेल फ्युगो
विश्वका मुख्य महादेशका ठूला हिमनदीहरू
| महादेश |
हिमनदी |
| एसिया |
सियाचेन |
| युरोप |
भटनाजोकुल हिमनदी |
| उत्तर अमेरिका |
हवाई हिमनदी |
| दक्षिण अमेरिका |
पेरिटो मोरेनो हिमनदी |
| अफ्रिका |
किलिमञ्जरोको हिमनदी |
| अस्ट्रेलिया |
हर्ड आइल्यान्ड हिमनदी |
| अन्टार्कटिका |
लम्बर्ट हिमनदी |
अन्टार्कटिका (Antarctica)
- विश्वको पाँचौं ठूलो महादेश कुन हो ? अन्टार्कटिका
- अन्टार्कटिका महादेशको क्षेत्रफल कति रहेको छ ? १,३०,००,००० वर्ग किलोमिटर
- अन्टार्कटिका महादेशले विश्व भू-क्षेत्रको कति प्रतिशत भू-भाग ओगटेको छ ? ८.९ प्रतिशत
- अन्टार्कटिका महादेशको अक्षांशीय फैलावट कति छ ? ६६°३०' दक्षिणी अक्षांशदेखि ९०° दक्षिणी अक्षांशसम्म
- अन्टार्कटिका महादेशको देशान्तरीय फैलावट कति छ ? ११४° पूर्वी देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म
- प्रायः वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? अन्टार्कटिका
- कुन महादेशलाई ‘हिम चादर (Ice Sheet)’ उपनामले चिनिन्छ ? अन्टार्कटिका
- मानव बसोबास नभएको एक मात्र महादेश कुन हो ? अन्टार्कटिका
- अन्टार्कटिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्वमा आन्ध्र महासागर, क्वारेभियन सागर तथा पानामा जलसंयोजक छ भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? डेक
- समुद्र तटीय क्षेत्रमा पाइने ह्वेल माछा तथा सुन्दर पन्छी कीविको लागि प्रसिद्ध महादेश कुन हो ? अन्टार्कटिका
- अन्टार्कटिका महादेशमा घुसेका २ समुद्र कुनकुन हुन् ? रोस (Ross) र वेडेल (Weddell)
- रोस सागर प्रशान्त महासागरमा पर्छ भने वेडेल सागर कुन महासागरमा पर्छ ? आन्ध्र महासागर
- अन्टार्कटिका महादेश चारैतिरबाट कुन महासागरले घेरिएको छ ? कुमेरु महासागर
- अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो भू-भाग कुन हो ? भिन्सन म्यासिफ (Vinson Massif) (४८९२ मिटर)
- अन्टार्कटिका महादेशको सबैभन्दा होचो भू-भाग कुन हो ? केट्ले सब ग्लासियल डेप
- अन्टार्कटिका महादेशको सबैभन्दा उच्च पर्वतमाला कुन हो ? एल्सवर्थ पर्वत
- अन्टार्कटिकाको सबैभन्दा लामो हिमनदी कुन हो ? ल्याम्बर्ट
- विश्वको सबैभन्दा लामो हिमनदी कुन हो ? ल्याम्बर्ट ग्लेसियर (४०० कि.मि. लामो, ४० कि.मि. चौडा), अन्टार्कटिका
- अन्टार्कटिका महादेशको कति प्रतिशत भू-भाग हिउँले ढाकेको छ ? ९८ प्रतिशत
- अन्टार्कटिका महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको छ ? ९० प्रतिशत
- अन्टार्कटिका महादेशमा हिउँको मोटाइ कति सम्म रहेको छ ? २१०० मिटरसम्म
- सबैभन्दा पछि पत्ता लागाइएको महादेश कुन हो ? अन्टार्कटिका
- आर्थिक दृष्टिले खास महत्त्व नभएपनि अमेरिका, बेलायत, चीन, भारत, फ्रान्सलगायतका एसियाली तथा युरोपेली राष्ट्रहरूले अनुसन्धानका लागि कुन महादेशको केही भाग आ-आफ्नो कब्जामा राखेका छन् ? अन्टार्कटिका
- फ्रान्सलगायतका एसियाली तथा युरोपेली राष्ट्रहरूले अनुसन्धानका लागि कुन महादेशको केही भाग आ-आफ्नो कब्जामा राखेका छन् ? अन्टार्कटिका
युरोप (Europe)
- विश्वको छैटौं ठूलो महादेश कुन हो ? युरोप
- युरोप महादेशको क्षेत्रफल कति छ ? १,०४,९८,००० वर्ग किलोमिटर
- युरोप महादेशले विश्वको भू-क्षेत्रको कति प्रतिशत भू-भाग ओगटेको छ ? करिब ७ प्रतिशत
- युरोप महादेशको अक्षांशीय फैलावट कति छ ? ३६° उत्तरी अक्षांशदेखि ७१° उत्तरी अक्षांशसम्म
- युरोप महादेशको देशान्तरीय फैलावट कति छ ? २०° पश्चिमी देशान्तरदेखि ६५° पूर्वी देशान्तरसम्म
- युरोप महादेशको पूर्व-पश्चिम लम्बाइ कति रहेको छ ? ६४०० किलोमिटर
- युरोप महादेशको उत्तर-दक्षिण चौडाइ कति रहेको छ ? ४८०० किलोमिटर
- युरोप महादेशको पूर्वमा एसिया महाद्वीप, पश्चिममा आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर छ भने दक्षिणमा कुन सागर रहेको छ ? भूमध्यसागर
- तीनतिरबाट पानी र एकतिरबाट जमिनले घेरिएको जमिनलाई के भनिन्छ ? प्रायद्वीप (Peninsula)
- युरोप आफैंमा एक प्रायद्वीप भएको र यस महादेशमा धेरै प्रायद्वीपहरू रहेकाले यसलाई अर्को कुन उपनामले पनि चिनिन्छ ? प्रायद्वीपहरूको पनि प्रायद्वीप
- एकापसमा सिमाना जोडिएका एसिया र युरोप महादेशलाई संयुक्तरूपमा के नामले चिनिन्छ ? युरोसिया
- युरोप महादेशको सबभन्दा अग्लो भू-भाग कुन हो ? माउन्ट एलब्रुज (५६३३ मिटर), रुस
- युरोप महादेशको सबभन्दा होचो भू-भाग कुन हो ? क्यास्पियन समुद्री तट
- युरोप महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ? रुस
- युरोप महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ? भ्याटिकन सिटी
- युरोप महादेशमा भू-परिवेष्ठित राष्ट्रहरूको संख्या कति रहेको छ ? १८
- युरोपको सबैभन्दा लामो हिमनदी कुन हो ? भटनाजोकुल
- युरोप महादेशको सबैभन्दा लामो नदी कुन हो ? भोल्गा
- युरोप महादेशको महत्त्वपूर्ण नदी कुन हो ? डेन्युब
- युरोप महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? भोल्गा, डेन्युब, युरल, झन आदि
- देशान्तरको हिसाबले युरोप महादेश पश्चिमी गोलार्धमा पर्छ भने अक्षांशको हिसाबले यो महादेश कुन गोलार्धमा पर्छ ? उत्तरी गोलार्ध
- युरोप महादेशको सबभन्दा लामो पर्वत शृंखला कुन हो ? आल्पस पर्वत
- युरोप महादेशको सबैभन्दा गर्मी मुलुक स्पेन हो भने सबैभन्दा ठण्डी मुलुक कुन हो ? रसिया
- युरोपका कुनकुन राष्ट्रलाई Garden of World भनी चिनिन्छ ? फ्रान्स, इटली, स्पेन, पोर्चुगल
- युरोप महादेशका प्रमुख सहरहरू कुनकुन हुन् ? लन्डन (बेलायत), पेरिस (फ्रान्स), बोन, बर्लिन, म्युनिख (जर्मनी), बर्न (स्वीट्जरल्यान्ड), भियना (अस्ट्रिया), वारसा (पोल्यान्ड), रोम (इटली), म्याड्रिड, बार्सिलोना (स्पेन), ओस्लो (नर्वे), स्टकहोम (स्वीडेन) आदि
- युरोपको सबैभन्दा ठूलो ताल कुन हो ? लाडोगा (रुस)
- ‘रोटीको बास्केट’ भनी चिनिने युरोपेली राष्ट्र कुन हो ? युक्रेन
- Buffer zone of Europe भनेर कुन देशलाई चिनिन्छ ? बेल्जियम
- युरोपमा सबैभन्दा बढी ताल भएको राष्ट्र कुन हो ? रुस
- स्व्यान्डनेभियन क्षेत्र कुन महादेशमा पर्छ ? युरोप
अस्ट्रेलिया (Australia)
- विश्वको सबैभन्दा सानो महादेश कुन हो ? अस्ट्रेलिया
- अस्ट्रेलिया महादेशको क्षेत्रफल कति रहेको छ ? ७६,८६,३०० व.कि.मि.
- अस्ट्रेलिया महादेशको अक्षांशीय फैलावट कति रहेको छ ? १०° दक्षिणी अक्षांशदेखि ४०° दक्षिणी अक्षांशसम्म
- अस्ट्रेलिया महादेशको देशान्तरीय फैलावट कति रहेको छ ? ११४° पूर्वी देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म
- अस्ट्रेलिया महादेशले पृथ्वीको कुल स्थल भागको कति प्रतिशत भू-भाग ओगटेको छ ? करिब ५.३ प्रतिशत
- अस्ट्रेलिया महादेशको पूर्व-पश्चिम सरदर लम्बाइ कति छ ? ३९०० किलोमिटर
- अस्ट्रेलिया महादेशको उत्तर-दक्षिण सरदर चौडाइ कति छ ? ३१५० किलोमिटर
- अस्ट्रेलिया महादेशको पूर्वमा कोरल र टासमन समुद्र (प्रशान्त), पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्यूगिनी पर्छ भने दक्षिणमा के पर्छ ? न्यूजिल्यान्ड
- समशीतोष्ण तृणभूमिको हावापानीको क्षेत्रमा पाइने घाँसे मैदानलाई विभिन्न महादेशमा फरकफरक नामले चिनिन्छ। अस्ट्रेलियामा पाइने घाँसेमैदानलाई के भनिन्छ ? डाउन्स (Downs)
- ‘टापु महादेश (Island Continent)’ तथा ‘सगरमाथाको महादेश’ भनी चिनिने महादेश कुन हो ? अस्ट्रेलिया
- अस्ट्रेलियाको सबैभन्दा लामो हिमनदी कुन हो ? हर्ड आइल्यान्ड
- अस्ट्रेलिया महादेशको सबभन्दा ठूलो नदी कुन हो ? मरे डार्लिङ (३,३७० कि.मि.)
- अस्ट्रेलिया महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? मुरे डार्लिङ, फिट्जराय, भिक्टोरिया, ब्रिसवेन, गोरकोयन, कुपरक्रिक, मार्चिसन आदि
- अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कुन हो ? माउन्ट कोसियस्को
- अस्ट्रेलिया महादेशको सबभन्दा अग्लो भू-भाग कुन हो ? जाया पृथक (पपुवा न्यूगिनी)
- अस्ट्रेलिया महादेशको सबैभन्दा होचो भू-भाग कुन हो ? आयर ताल (समुद्र सतहबाट १६ मिटर होचो)
- प्रशस्त मात्रामा पातल कुहाबहरू भएको महादेश कुन हो ? अस्ट्रेलिया
- अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ? ग्रेट डिभाइडिङ रेन्ज
- अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? ग्रेट भिक्टोरिया
- अस्ट्रेलियाको दक्षिण पूर्वमा अवस्थित न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ? दक्षिणको द्वीप
- ‘विचत्रताको महादेश’ भनी कुन महादेशलाई चिनिन्छ ? अस्ट्रेलिया
- अस्ट्रेलियाको दक्षिणी भाग कसले पत्ता लगाएका हुन् ? एबेल तस्मान (सन् १६४२ मा)
- अस्ट्रेलियाको सम्बन्धमा विस्तृत जानकारी दिने श्रेय कसको छ ? जेम्स कुक
- राजनैतिक दृष्टिबाट अस्ट्रेलिया महादेशलाई एउटै देश मानिन्छ तापनि भौगोलिक दृष्टिले यहाँ कति राष्ट्र रहेका छन् ? १३ राष्ट्र
- अस्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन हो ? आयर ताल
- विश्वमा सर्वाधिक मात्रामा ऊन उत्पादन कहाँ गरिन्छ ? अस्ट्रेलिया
- अस्ट्रेलिया महादेशको सबैभन्दा लामो मुगा पर्खाल शृंखला कुन हो ? ग्रेट ब्यारियर रिफ
- अस्ट्रेलिया महादेशका प्रमुख सहरहरू कुनकुन हुन् ? सिड्नी, मेलबर्न, पर्थ, होबार्ट, ब्रिसबेन आदि
- अस्ट्रेलियाका आदिवासीलाई एबोरोजिनल भनिन्छ।
- अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो ? नाउरु
- अस्ट्रेलिया महादेशमा अन्यत्र नपाइने कङ्गारु, प्लाटिपस, डिङ्गो जस्ता अनौठा प्रकारका जीवजन्तु पाइन्छन् भने अन्यत्र नपाइने वनस्पतिहरू कुनकुन पाइन्छन् ? सिनिकफस र युकालिप्टस
महासागर (Ocean)
- पृथ्वीमा कतिवटा महासागर रहेका छन् ? ५
- सबभन्दा ठूलो महासागर कुन हो ? प्रशान्त महासागर
- महासागर भन्नाले के बुझिन्छ ? पानीले ढाकेको विशाल जलभाग
- पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ? ७०.८ प्रतिशत (करिब ७१ प्रतिशत), ३६ करोड १९ लाख ४९ हजार ७०० वर्ग कि.मि.
- प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? १६ करोड ५७ लाख वर्ग किलोमिटर
- प्रशान्त महासागरको औसत गहिराइ कति रहेको छ ? ४३०० मिटर (१४,००० फिट)
- प्रशान्त महासागरमा साना ठूला गरी कति टापु तथा द्वीपहरू रहेका छन् ? २० हजार
- प्रशान्त महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? ४५.५ प्रतिशत (करिब ४६ प्रतिशत)
- प्रशान्त महासागरको सबभन्दा गहिरो भाग कुन हो ? फिलिपिन्स नजिकको मारियाना ट्रेन्च